FAQs Complain Problems

प्रथम पटक प्रकाशित २०८०/०२/२४

यस इच्छाकामना गाउँपालिका अन्तर्गत कृषि उपज उत्पादन वृद्धि गरी खाद्यान्न तथा पौष्टिक पदार्थको उपलब्धता र पँहुच बढाउन साथै लक्षित वर्गको पोषण सुरक्षा र आयआर्जनमा वृद्धि गर्न उत्पादित वस्तुको मूल्य श्रृङ्खलामा वृद्धि गरी बजारीकारण गर्न फिस्लिङ तरकारी संकलन केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि, २०८० वमोजिम तपशिल बमोजिमको सेवा शर्तमा संचालन गर्न इच्छुक यस पालिका भित्रका कृषि सहकारीलाई सूचना प्रकाशन भएको मितिबाट ७ (सात) दिन (२०८०/२/३० गते) भित्र गाउँपालिका बाट निर्धारित ढाँचामा प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।सेवा शर्तहरू

१. सहकारीको प्रमुख उद्देश्य कृषिको व्यवसायीकरण, वजारीकरणमा सहयोग र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने हुनु पर्ने ।

२. कृषि सहकारी यस गाउँपालिकामा दर्ता भएको हुनु पर्नेछ । ३. कृषि सहकारीको दर्ता नवीकारण प्रमाण-पत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर, र

करचुक्ताको प्रतिलिपि पेश गर्नु पर्ने।

४. सहकारी संचालक समितिको निर्णयको प्रतिलिपि पेश गर्नु पर्ने ।

५. कृषि उपज सम्बन्धी सामग्री संकलन, बिक्री वितरण गर्नुपर्नेछ ।

६. प्रति वर्ग मिटर सटरको भाडा रु ५००/- का दरले भाडा लागू हुनेछ ।

७. कृषि सहकारीको सदस्य संख्या वढि भएका लाई विशेष प्रथमिकता दिइने छ ।

आर्थिक वर्ष: