इच्छाकामना गाउँपालिका परिसरमा आज मिति २०७५/६/२६ गतेका दिन लायन्स क्लव अफ चितवन सिटि मर्सी संस्था को सहयोगमा बिपन्न परिवारका बीच दशैं विशेष कार्यक्रम संचालन गरियो, यस कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट १० परिवार का दरले जम्मा ७० परिवारलाइ खाद्यान्न तथा न्यानो कपडा बितरण गरियो, साथै सबै उपस्थित बिपन्न परिवारका सदस्यहरु लाइ दन्त चेक अप र आँखा चेक अप गरियो र १४ जना बिद्यार्थीलाइ छात्रवृत्ति प्रदान र २ वटा सामुदायिक बिद्यालयहरुलाई १, १ वटा कम्पुटर वितरण गरियो.... सबैलाई बिजया दशमी २०७५ को हार्दिक मंगलमय शुभकामना
मिति २०७५।६।२५ गतेको दिन नवनिर्मित दाहाखानी स्वास्थ्य चौकी भवन उद्घघाटन समारोहका केहि झलकहरु ।
इच्छाकामना गाउँपालिकामा मिति २०७५/३/१९ गते का दिन दोस्रो गाउँ सभा सम्पन्न भएको छ, आगामी आर्थिक वर्ष २०७५/७६ को लागि नीति, कार्यक्रम र बजेटमा छलफल गरिएको छ .
इच्छा कामना गाउँपालिका मा गरिएको सर्व दलीय एवम सर्व पक्षिय भेला